रुसका तीन वटा तेल प्रशोधन केन्द्र र जहाजमा युक्रेनको आक्रमण
ratopati.com · Sun Aug 02 10:35:03 GMT 2026

किभ । युक्रेनले रुसका तीन वटा तेल प्रशोधन केन्द्र र एक प्रतिबन्धित मालवाहक जहाजलाई ड्रोन आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी ड्रोनले रुसको बाश्कोर्तोस्तान गणराज्यस्थित तीन वटा तेल प्रशोधन केन्द्रमा सफल आक्रमण गरेको बताएका हुन् ।
ती रिफाइनरीहरू युक्रेनको सीमाबाट करिब १ हजार ६०० किलोमिटर टाढा रहेका छन् र प्रत्येक वर्ष लाखौँ टन तेल प्रशोधन गर्ने क्षमता राख्ने गरेको बताइएको छ । जेलेन्स्कीले यानिना नामक प्रतिबन्धित रुसी कन्टेनर जहाज पनि युक्रेनी ड्रोन आक्रमणपछि कालो सागरमा डुबेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)