‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
rajdhanidaily.com · Sun Aug 02 10:57:52 GMT 2026

गण्डकी । ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ ।
अन्नपूर्ण(३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनद्वारा आज सार्वजनिक गरिएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सिँगो म्याग्दीवासीलाई स्तब्ध र मर्माहत तुल्याएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)