काठमाडौंमा घाँटीबाटै सिक्री लुट्ने ‘कर्मा ग्याङ’ कसरी पर्यो प्रहरी फन्दामा ?
nepalpress.com · Sun Aug 02 10:58:17 GMT 2026

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा शनिबार राति प्रहरीले गोली प्रहार गरी कुख्यात लुटेरा समूहका नाइकेलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३४ वर्षीय कर्मा तामाङलाई प्रहरीले घुँडामुनि गोली हानी पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति १०:२५ बजे चुनिखेल गाभ्चास्थित पानी ट्याङ्की नजिकै तामाङलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका थिए । प्रहरीले सुरुमा चेतावनीस्वरूप २ राउन्ड हवाई फायर गरे पनि उनले आक्रमण जारी राख्दै मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले १ राउन्ड गोली प्रहार गरेको थियो । घाइते तामाङको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)