दाइजो कुप्रथाविरुद्ध रेखा थापा र उषा खड्गी एकै मञ्चमा, ‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ
kalakarmi.com · Sun Aug 02 10:56:04 GMT 2026

काठमाडौं- नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा दाइजो प्रथाविरुद्ध ‘महिला शक्ति जागरण अभियान’ कल्कि उमनको उद्घाटन गरेका छन् । कल्किजम रिसर्च सेन्टरद्वार आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘कल्कि कानुन’ र कल्कि करेन्सी अभियानमार्फत ‘महिला शक्ति जागरण अभियान’ चलाउनेसमेत जनाएको छ ।
कार्यक्रममा नायिका रेखा थापाले नेपालमा अझै पनि महिलाहरु अधिकारबाट बञ्चित रहेको बताउँदै आयोजकको स्वागत योग्य पहल रहेको र सफलताको शुभकामना दिइन् । महिला मुक्तिका लागि नेपालमा विभिन्न अभियानहरु चलिरहको सन्दर्भमा ‘कल्कि वुमेन’ नौलो र प्रभावकारी बन्ने विश्वासर रहेको बताइन् । कल्किजम रिसर्च सेन्टरका संस्थापकलाई विशेष धन्यवाद दिँदै थापाले भनिन् ‘एकजना अमेरिकामै पढेर उतै नाम कमाएका मिस्टर ६६६ जीले स्वदेश फर्किएर उत्पीडित महिलाहरुको न्याको लागि सोच्नु भयो निकै नै सरहानीय विषय छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)