इन्डोनेसियामा समुद्र बीचमा जहाजमा भीषण आगलागी, पाँचको मृत्यु, ४१ जना बेपत्ता
annapurnapost.com · Sun Aug 02 11:09:16 GMT 2026

इन्डोनेसिया : इन्डोनेसियामा समुद्रको बीचमा एउटा फेरी (जहाज) मा आगलागी हुँदा ठूलो दुर्घटना भएको छ । अधिकारीहरूका अनुसार फेरीमा सवार ५ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास) का अनुसार उक्त फेरीमा कुल २७१ जना यात्रु सवार थिए । यो जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । यात्राका क्रममा मदुरा द्वीप नजिकै फेरीमा आगलागी भएको थियो । त्यसपछि कप्तानले घटनाबारे अधिकारीहरूलाई जानकारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)