कैलालीमा महिलाको मृत्यु प्रकरण : ७ जना धरौटीमा छुटेपछि मृतकका परिवारको आपत्ति
onlinekhabar.com · Sun Aug 02 11:17:02 GMT 2026

१७ साउन, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने ५२ वर्षीय जालिनादेवी चौधरीको गत असार २२ मा कुटपिटपछि मृत्यु भयो । उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना भने अदालतको आदेशमा छुटेपछि मृतक चौधरीका परिवारजनले मुद्दालाई गम्भीर रूपमा नलिइएको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरू छुटेपछि मृतक चौधरी पक्षले आइतबार अत्तरियामा पत्रकार सम्मेलन आयोजना गर्दै बोक्सी आरोप लगाएर हत्या गरेको दाबी गर्दै मुद्दालाई बेवास्ता गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)