राहदानी विभागका महानिर्देशक अर्यालसहित सातजनाको थुनछेक बहस सकियो,आदेश आउँदै
annapurnapost.com · Mon Jun 29 08:40:13 GMT 2026

काठमाडौं : विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सातजनाको थुनछेक बहस सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहस सकिएको हो। बहस सकिएका आजै अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा तथा तारेखमा रिहा गर्नेबारे निर्णय गर्नेछ। गत बिहीबार बयान सकिएसँगै थुनछेक बहस सुरू भएको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै राहदानी विभागका महानिर्देशक अर्यालसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। तीमध्ये ७ को थुनछेक बहस सकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)