प्रतिबन्ध खुले नेपालले समूह ‘ए’ मा रहेर साफ च्याम्पियनसिप खेल्ने
annapurnapost.com · Sun Aug 02 11:23:07 GMT 2026
काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण भएको छ । भुटानमा भएको ‘ड्र’ मा नेपाल बाहेक दक्षिण एसियाका ६ देशको समूह विभाजन भएको हो । साफका अनुसार यदि सेप्टेम्बर ३० सम्ममा नेपालको फिफा प्रतिबन्ध खुलेको खण्डमा नेपालले आयोजक राष्ट्र बंगलादेशको समूह ‘ए’ मा रहेर साफ खेल्ने सम्भावना रहेको छ ।
‘ड्र’ सुरु हुनु अगाडि नै साफले नेपालको सहभागिताको बारेमा जानकारी दिएको थियो । समूह ‘ए’ मा आयोजक राष्ट्र बंगलादेशसँग श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् । यदि ६ टिम भएको खण्डमा प्रतियोगितामा ९ खेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)