सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार - पूर्वराष्ट्रपति भण्डारी
arthasansar.com · Sun Aug 02 11:24:10 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छिन् । आइतबार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेकी हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताइन् । संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न समेत सबै पक्षलाई आग्रह पनि गरिन् । ‘केही दिनयता सुनसरीसहित पूर्वी तराईका जिल्लाहरूमा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाहरूले हामी सबैको गम्भीर ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)