‘तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो’ : पूर्वराष्ट्रपति भण्डारी
kalakarmi.com · Sun Aug 02 11:31:30 GMT 2026

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गरेकी छन् ।
कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन् । उनले भनिन्, ‘सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्नुभएका सम्पूर्ण अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)