उड्नुअघि विमानका दुई टायर पड्किएपछि...
barnanmedia.com · Thu Aug 27 14:08:06 GMT 2026

उडान भर्नुअघि अमेरिकन एयरलाइन्सको एउटा विमानको दुईवटा टायर पड्किएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले जनाएअनुसार यो घटना शिकागोको ओ’हेर अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । पछिल्लो एक महिनामा उक्त विमानस्थलमा टायरसम्बन्धी समस्या देखिएको यो चौथो घटना हो । बुधबार दिउँसो भएको घटनापछि यात्रुलाई भर्याङ प्रयोग गरेर विमानबाट बाहिर निकालिएको थियो । त्यसपछि उनीहरूलाई बसमार्फत टर्मिनलसम्म लगिएको एफएएले जनाएको छ । घटनाबारे एफएएले अनुसन्धान गरिरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)