नर्सिङ अभियन्ता ज्योति रानाभाटसँग सार्थक संवाद थाल्न माग
ratopati.com · Sun Aug 02 11:39:54 GMT 2026

काठमाडौँ । अनसनरत ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै पेसागत सङ्घ सङ्गठनहरूले सरकारसँग यथाशीघ्र सार्थक संवादको माग गरेका छन् । सत्याग्रह लम्बिँदै जाँदा रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै विभिन्न पेसागत स्वास्थ्य समूहहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
रानाभाटले उठाएका मागहरू सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान, सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवासँग जोडिएका साझा तथा न्यायोचित विषय भएको भन्दै डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन, नेपाल मेडिकल ल्याबोरेटरी एसोसिएसन र नेपाल सिएमए सङ्घले संयुक्त रूपमा ऐक्यबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)