काठमाडौं र भक्तपुरबाट भीओआईपी उपकरणसहित चार पक्राउ, बेटिङ एपसँगसमेत सम्बन्ध रहेको आशंका
shilapatra.com · Sun Aug 02 11:42:00 GMT 2026

नेपाल प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दुरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा उनीहरूलाई भीओआईपी सञ्चालनमा प्रयोग हुने उपकरण तथा अन्य सामग्रीसहित पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्रीहरू अनलाइन बेटिङ एप एनपीआर ९९ क्यासिनाे र खल्ती ९९ मा समेत प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)