युट्युबमार्फत घृणास्पद सामग्री प्रसारण गर्ने एकजना पक्राउ
kendrabindu.com · Sun Aug 02 11:49:18 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणास्पद तथा सामाजिक सद्भाव खल्बल्याउने सामग्री प्रसारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
साइबर ब्युरोले आइतबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली खबर टीभी नामक युट्युब च्यानल सञ्चालन गरी सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने, जातीय तथा धार्मिक द्वेष भड्काउने र व्यक्तिविशेष तथा समुदायप्रति घृणा उत्पन्न हुने सामग्री प्रसारण गरेको आरोपमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)