दराज जस्तै अनलाइनबाट कमाइने प्रलोभनमा फस्दा ETSY को नाममा एक युवाको झन्डै २५ लाख स्वाहा
techpana.com · Sun Aug 02 11:48:06 GMT 2026

काठमाडौं । दराज जस्तै अनलाइन प्लेटफर्ममा काम गरेर मनग्य बोनस पाइने प्रलोभनमा पर्दा एक युवाले झन्डै २५ लाख रुपैयाँ गुमाएका छन् । चर्चित अन्तर्राष्ट्रिय इकमर्स प्लेटफर्म 'इट्सी' (ETSY) को नाम दुरुपयोग गर्दै चलाइएको 'अर्डर ग्र्याबिङ' स्क्याममा फसेर राजन भट्टराई (परिवर्तित नाम) ले २४ लाख ३५ हजार १ सय ८९ रुपैयाँ गुमाएका हुन् ।
सरकारी वकिल कार्यालयले केही दिन अघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै यो घटना बाहिरिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धान अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम ७ जना विरुद्ध ठगी मुद्दा दायर भएको छ । यो घटनाले नेपालमा सामाजिक सञ्जालमार्फत हुने सङ्गठित अनलाइन ठगीको डरलाग्दो अवस्थालाई पुनः उजागर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)