‘कल बाइसपास’मा संलग्न रहेको आरोपमा चार जना पक्राउ
nepalnews.com · Sun Aug 02 12:15:23 GMT 2026

काठमाडौँ। अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो। गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)