कल बाइसपासमा संलग्न चारजना पक्राउ
kendrabindu.com · Sun Aug 02 12:24:03 GMT 2026

काठमाडौं । अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।
गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)