एलआइसी नेपालको चियरम्यान क्लब कन्फरेन्स सम्पन्न, उत्कृट अभिकर्ता सम्मानित
corporatenepal.com · Sun Aug 02 12:17:21 GMT 2026

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ‘चियरम्यान क्लब कन्फरेन्स, २०२६’ सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८२–८३ मा उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरुलाई सम्मान तथा हौसला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो ।
आज काठमाडौंको याक एण्ड यति होटलमा आयोजना भएको कार्यक्रमा देशभरीका अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा देशभरीका शाखा कार्यालयबाट गत आर्थिक वर्षमा उल्लेख्य व्यवसाय गरी चियनम्यान क्लबमा छनौट हुन सफल ३ सयभन्दा बढी अभिकर्ताहरु उपस्थित थिए । साथै गत वर्ष उत्कृष्ट कारोबार गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)