धनगढीमा करोडौँको लगानीमा बनेको ज्येष्ठ नागरिक मिलन केन्द्र ६ वर्षदेखि बन्द
rajdhanidaily.com · Sun Aug 02 12:57:22 GMT 2026

धनगढी । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम कोषको सहयोगमा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित शिवपुरी धाम परिसरमा निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा नआउँदा यसको मूल उद्देश्य नै ओझेलमा परेको छ ।
२०७७ सालमा निर्माण सम्पन्न भएको उक्त भवन करिब १०० जना अट्ने क्षमताको भए पनि हालसम्म नियमित रूपमा सञ्चालन हुन सकेको छैन। ज्येष्ठ नागरिकलाई भेला हुने, धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने तथा आपसी भेटघाट र मनोरञ्जनको वातावरण सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको केन्द्र लामो समयदेखि प्रयोगविहीन बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)