बागमती प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त
kendrabindu.com · Sun Aug 02 13:01:13 GMT 2026

चितवन । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्कअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो।
भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन्। प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)