समानान्तर गतिविधिमा कांग्रेस इतर समूह
nepalnews.com · Sun Aug 02 13:15:20 GMT 2026

नेपाली कांग्रेसमा विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा समूहले २९ साउनदेखि सुरु हुने ‘राष्ट्रिय भेला’ को नेतृत्व पूर्वमहामन्त्री तथा संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा शशांक कोइरालालाई दिएको छ। शनिबार चुनदेवीमा रहेको इतर समूहको सम्पर्क कार्यालयमा ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै शशांकले आफू संयोजक रहने जानकारी दिए।
३१ साउनसम्म चल्ने राष्ट्रिय भेलामा मध्यमार्गी नेता शेखर कोइरालाको पनि समर्थन रहेको दाबी शशांकले गरे। “शेखर दाजुसँग मेरो पटक पटक कुरा भएको छ। व्यस्तताका कारण उपस्थित हुन नसक्ने भन्नुभएको हो। तर, यहाँ उठाइने अजेन्डामा उहाँको सहमति छ र सार्वजनिक रूपमा पनि त्यसबारे बोल्ने बताउनुभएको छ,” शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)