‘पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाई भन्थ्यो, योपटक केही नभनी गयो’
kendrabindu.com · Sun Aug 02 13:56:04 GMT 2026

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन् । पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उनको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गरेको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् ।
सिङ्गो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाई बसिरहेका घरमा आज बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जली दिन आइरहेका छन् । भाई गुमाउँदा पीडाबोध गरिरहेका दाजु जीतबहादुर पुर्जाले अरुबेला भाई हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उनी भक्कानिए । “पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाई भन्थ्यो । पाकिस्तान जाने बेलामा चाहिँ मलाइ केही नभनी गयो ।” घरमा आएकाहसरूँग उनले भक्कानिँदै पीडा पोखिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)