अस्ट्रेलियामा एउटै मञ्चमा गुञ्जिए दीप श्रेष्ठ र रामकृष्ण ढकाल
ratopati.com · Sun Aug 02 13:58:28 GMT 2026

काठमाडौँ । दुई पुस्ताका लेजेन्ड गायकहरू दीप श्रेष्ठ र रामकृष्ण ढकाल अस्ट्रेलियामा एउटै मञ्चमा गुन्जिएका छन् । शनिबार एडिलेडमा सारङ्गी इभेन्ट्सले आयोजना गरेको ‘स्वर्णिम सांगीतिक साँझ’मा दीप र रामकृष्णले आफ्ना कालजयी र लोकप्रिय गीतहरूमार्फत नेपाली दर्शकलाई झुमाए ।
कार्यक्रमको सुरूवातमै अग्रज गायक दीप श्रेष्ठ मञ्चमा उक्लिए । उनले ‘म त दूरदेखि आएँ’, ‘म पत्थरको देवता होइन’, ‘बितेका कुराले’, ‘झस्किएको छ मन’ लगायत कालजयी गीत प्रस्तुत गर्दा दर्शकहरू नोस्टाल्जिक बने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)