चन्द्रमासँग ठोक्किँदै स्पेसएक्सको दुर्घटनामा परेको रकेट, पृथ्वीबाट हेर्न सकिएला विस्फोटक स्थिति ?
techpana.com · Sun Aug 02 14:00:06 GMT 2026

काठमाडौं । अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको रकेटको माथिल्लो भाग (अपर स्टेज) आउँदो बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । एक वर्षभन्दा अघि दुईवटा चन्द्र ल्यान्डर प्रक्षेपण गरेर अन्तरिक्षमा अनियन्त्रित रूपमा तैरिरहेको रकेट ठोक्किने भएको हो ।
वैज्ञानिकका अनुसार यो ठक्कर अन्जानवश हुन लागेको हो, जसले चन्द्रमाको सतहमा ठुलो खाडल बनाउनेछ । अन्तरिक्ष ट्र्याकिङ विज्ञ बिलले उक्त निष्क्रिय रकेट खण्ड प्रतिघन्टा ८,७०० किलोमिटर (ध्वनिको गतिभन्दा सात गुणा बढी) को वेगमा चन्द्रमाको उज्यालो भागमा रहेको ‘आइन्स्टाइन क्रेटर’ नजिक ठोक्किने अनुमान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)