नेपाल शिक्षक महासङ्घले गर्यो आन्दोलनको घोषणा
ratopati.com · Sun Aug 02 15:10:43 GMT 2026

काठमाडौँ। नेपाल शिक्षक महासङ्घले आन्दोलनको घोषणा गरेको छ । शिक्षकका मागप्रति सरकार अनुदार देखिएको भन्दै आगामी भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको हो।
महासङ्घको बैठकको निर्णयबारे जानकारी गराउँदै अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनका कार्यक्रमहरू छिट्टै सार्वजनिक गरिने बताए। सुवेदीले भने, 'आन्दोलनको ठोस मिति र कार्यक्रम तय गर्न विस्तारित कार्यालय बैठकलाई अधिकार प्रत्यायोजन गरिएको छ । कार्यालय बैठकले आन्दोलनको मोडेल ल्याउँछ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)