पर्यटकलाई स्वागत गर्न पर्खिरहेको कोशी टप्पु
nepalviews.com · Mon Jun 29 09:04:40 GMT 2026

धरान (सुनसरी) । सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्तले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको उल्लेखनीय सम्भावना बोकेको ठाउँ हो ।
पूर्वी नेपालको तीन जिल्लाको बीचमा फैलिएको कोशी टप्पु सोचे जति अझै चर्चामा आउन सकेको छैन । जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पु दुर्लभ वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गी पाइने यो अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार, प्रचारप्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन भने सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)