वासिङ्टनमा भीषण डढेलो : सयौँ संरचना ध्वस्त, हजारौँ परिवार विस्थापित
barnanmedia.com · Sun Aug 02 15:46:12 GMT 2026

अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा ६ सय संरचना ध्वस्त भएका छन् । स्पोकेन काउन्टीमा एकैपटक फैलिएका तीन ठुला डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रकहरू संघर्ष गरिरहेका छन् । हजारौँ परिवारलाई घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिइएको छ भने राज्य सरकारले आपत्काल घोषणा गर्दै वासिङ्टन नेसनल गार्ड परिचालन गरेको छ ।
स्पोकेन क्षेत्रमा फैलिएको ‘स्पोकेन कम्प्लेक्स’ अन्तर्गत ओल्ड ट्रेल्स, फेयरभ्यु र अटम लेन गरी तीन प्रमुख डढेलो सक्रिय छन् । तीमध्ये ओल्ड ट्रेल्स फायरले मात्रै ३ हजार ५ सय ९ एकडभन्दा बढी क्षेत्र जलाइसकेको छ । फेयरभ्यु फायर करिब ९ सय ८१ एकड र अटम लेन फायर ९ सय एकड क्षेत्रमा फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)