पदक विजेतासहित कार्की सम्मानित
neplays.com · Sun Aug 02 16:12:00 GMT 2026
काठमाडौं। बहराइनमा भएको आईएसएफ जिमनासाइडका पदक विजेता खेलाडी तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) को चुनावी साधारण सभाबाट हालै कार्यकारी सदस्यमा निर्वाचित राजकुमार कार्कीलाई आइतबार सम्मान गरिएको छ ।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् । जिमनासाइडको बक्सिङमा नोर्बु थेन्डुप शेर्पा र स्वस्तिका तिरुवाले स्वर्ण तथा रोहित जनाला र सूर्यन वैद्यले कांस्य जितेका थिए । तेक्वान्दोमा उज्ज्वल वाग्लेले स्वर्ण तथा निविता केसीले कांस्य जितेका थिए । बक्सिङ प्रशिक्षक दिपक महर्जनलाई पनि सम्मान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)