भोलि बिहान ५ बजेदेखि धनुषाको निषेधाज्ञा हट्ने
nepalnews.com · Sun Aug 02 16:15:07 GMT 2026

जनकपुर। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा भोलि (सोमबार) बिहान ५ बजेदेखि हटाइएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो। स्थानीय प्रशासनले हिजो (शनिबार) बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)