इन्धन महङ्गियो : पेट्रोलमा ३ र डिजेलमा ५ रुपैयाँ वृद्धि
nepalpress.com · Sun Aug 02 16:39:19 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ३१.१९ र डिजेलमा प्रतिलिटर रु. ३९.६७ ले बढेर आए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. ३ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले मात्रै वृद्धि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)