डिजेल र पेट्रोलको भाउ बराबर, १५ दिनमा झण्डै डेढ अर्ब घाटा हुने निगमको दाबी
ratopati.com · Sun Aug 02 16:50:18 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा पनि १५ दिनमै झण्डै डेढ अर्ब रुपैयाँ घाटा हुने दाबी गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार सोमबार बिहानदेखि लागू हुने गरी भएको नयाँ मूल्य समायोजनसँगै काठमाडौँ उपत्यकासहितका मुख्य सहरहरूमा पेट्रोल र डिजेलको भाउ बराबर अर्थात् प्रतिलिटर २०० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ वृद्धि गरेको हो । यसअघि तेस्रो वर्गअन्तर्गतका क्षेत्रहरू काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १९७ र डिजेलको १९५ रुपैयाँ रहेकोमा अब दुवैको मूल्य समान २०० रुपैयाँ कायम भएको छ । त्यस्तै पहिलो र दोस्रो वर्गका क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य वृद्धि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)