लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
deshsanchar.com · Fri Sep 20 17:12:15 UTC 2024

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने गर्थे।
उनका अनुसार कागबेनीमा छिटपुट रुपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो। “ तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,” उनले तीन दशकअघिको स्मरण गर्नुभयो “अहिले घाँसा, लेतेमा स्याउको बगैचानै छैन्। उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)