परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको भाषाशैलीलाई लिएर चर्चा सुरु
barnanmedia.com · Sun Aug 02 21:45:00 GMT 2026

पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गत बिहीबार गएको विनाशकारी हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित १० जनाको नि'धन भएको घटनापछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको भाषाशैलीलाई लिएर चर्चा सुरु भएको छ।
दुर्घटनामा ज्या'न गुमाउनेमध्ये निर्मल पुर्जासहित ६ जना नेपाली आरोही रहेका थिए। तर आइतबार मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा अन्य आरोहीलाई ‘नेपाली आरोही’ भनेर उल्लेख गरिए पनि निर्मल पुर्जाको नामअघि भने ‘नेपाली’ शब्द प्रयोग नगरिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)