एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो
barnanmedia.com · Sun Aug 02 22:33:50 GMT 2026

भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको निधनपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो।
विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा निधनपछि निःशुल्क शव नेपाल ल्याइएको हो । उनीहरुको शव कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो । हृदयाघात भएर, आत्महत्या, दुर्घटनामा परेर लगायत कारणले उनीहरुको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)