एसिसी प्रिमियर कप : नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दै
barnanmedia.com · Sun Aug 30 23:19:44 GMT 2026
एसिसी प्रिमियर कप क्रिकेट २०२६ सुरु भएको छ । एसिया कपको छनोटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा सुरु भएको हो । १० टिम सहभागी छनोटबाट एक टिम एसिया कपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसिसी)ले जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले दोस्रोपटक एसिया कप खेल्ने योजना बनाएको छ । सन् २०२३ मा नेपालले युएईलाई हराउँदै एसिया कप खेलेको थियो । त्यतिबेला रोहितकुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो ।
तर, सन् २०२५ मा भने नेपाल पुनः युएईसँगै फाइनलमा पराजित हुँदा दोस्रोपटक एसिया कप खेल्न असफल भयो । यसपटक मलेसियामा १० टिमबाट उत्कृष्ट एकमा पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ । सन्दीप कप्तानी जिम्मेवारीसहित फर्कँदा पहिलो आधिकारिक खेल खेल्न लागेको हो । नेपालले आज (सोमबार) बहराइनसँग पहिलो खेल खेल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)