खडेरीको असर : मध्य असारसम्म गुल्मीमा ७ प्रतिशत मात्रै धान रोपाइँ
onlinekhabar.com · Mon Jun 29 09:48:46 GMT 2026

१५ असार, गुल्मी । धान रोपाइँको मुख्य समयमा पनि वर्षा नहुँदा गुल्मी जिल्लामा मध्य असारसम्म जम्मा ७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । लामो खडेरीका कारण किसानले रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा सामान्यतया जेठको अन्तिम सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिम सातासम्म बर्खे धान रोप्ने गरिन्छ । तर यस वर्ष पर्याप्त वर्षा नहुँदा धेरै स्थानमा किसानले धानको ब्याडसमेत तयार गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)