आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
kendrabindu.com · Mon Aug 03 00:33:04 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)