दुर्गा प्रसाई : दिउँसो आन्दोलनको घोषणा गरे, राति नै पक्राउ परे
himalpress.com · Mon Aug 03 00:33:06 GMT 2026

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
भक्तपुरका एसपी सुर्य खड्का नेतृत्वको प्रहरी टोली प्रसाईंलाई पक्राउ गर्न भक्तपुरको निकोसेरास्थित उनको घरमा पुगेको थियो । प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)