पेट्रोलियम पदार्थको बढेको मूल्य आजदेखि लागू
ratopati.com · Mon Aug 03 00:51:46 GMT 2026

काठमाडौँ, १७ साउनः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर रु तीन, डिजेल र मट्टितेल रु पाँचले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)