राष्ट्रियसभा बैठक बस्दै
himalpress.com · Mon Aug 03 00:58:31 GMT 2026

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। आज दिउँसो ११:१५ बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।
बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)