काठमाडौंमा खाना पकाउने ग्यास अभावले उपभोक्ता हैरान
kendrabindu.com · Mon Aug 03 01:10:10 GMT 2026

काठमाडौं । काठमाडौंमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगम कार्यालय परिसरमा पुग्दा एक सयभन्दा बढी उपभोक्ता खाली ग्यास सिलिण्डरसहित आफ्नो पालो कुरिरहेका थिए । उनीहरू ग्यास पाउने आसमा घण्टौंदेखि लाइनमा बसिरहेका थिए । ग्यास पाउने आसमा कलंकी, थानकोट, चाबहिल, बानेश्वरदेखिबाट उपभोक्ता टेकु पुगेका थिए ।
केहि दिनयता काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभावको अवस्था सिर्जना भएपछि आयल निगमले शनिबारदेखि टेकुस्थित कार्यालय परिसरबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको हो । निगमले उपोक्ताको समस्यालाई लिएर १६ साउनदेखि टेकु कार्यालयबाट ग्यास बिक्री वितरण गर्न गालेको हो । निगमका अनुसार बिहान ११:०० बजेदेखि साझ ५:०० बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)