ट्रम्पले इरानमाथिको आक्रमण रोक्ने घोषणा गरेपछि तेलको मूल्यमा गिरावट
ratopati.com · Mon Aug 03 01:28:03 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पूर्वाधारमाथि गर्ने भनिएको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले घटेको छ।
रोयटर्सका अनुसार आइतबार राति ११ः५२ जीएमटीसम्म ब्रेन्ट कच्चा तेलको मूल्य ४.०८ डलर अर्थात् ४.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा पुगेको थियो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य ४.०१ डलर अर्थात् ४.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.६६ डलरमा झरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)