चौतर्फी बढ्यो महँगी, नियन्त्रणमा छैन सरकारको चासो
kendrabindu.com · Mon Aug 03 01:39:29 GMT 2026

काठमाडौं । राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिनायता बजार मूल्य निरन्तर बढिरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्यवृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढाएको छ।
तरकारीको मूल्य पनि अकासिएको छ। दसैंतिहार नजिकिँदै जाँदा त्यसै पनि मूल्यवृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायीले मूल्य बढाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको उपभोक्ताकर्मीको गुनासो छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)