इरानमाथिको ‘ठूलो आक्रमण’ रोकिएको ट्रम्पको दाबी, आजैदेखि वार्ता सुरु हुने घोषणा
nepalnews.com · Mon Aug 03 02:15:35 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको भनिएको ‘अत्यधिक ठूलो’ सैन्य आक्रमण अन्तिम समयमा स्थगित गर्दै सोमबारदेखि तेहरानसँग वार्ता सुरु हुने दाबी गरेका छन्।
एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले सम्भावित आक्रमणको तयारीबारे जानकारी पाइसकेको बताएका छन्। “उनीहरूलाई आक्रमण कति भयावह हुन सक्थ्यो भन्ने थाहा थियो। अब हामी वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमबार दिउँसोदेखि सुरु हुनेछ,” उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)