डार्फरमा सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु
ratopati.com · Mon Aug 03 02:13:06 GMT 2026

डार्फर । सुडानको पश्चिमी डार्फर क्षेत्रमा सुडानी सेनाले गरेको ड्रोन आक्रमण मा कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले जनाएको छ। आक्रमणमा कैयौँ अन्य घाइते भएका छन्।
आपत्कालीन कानुन व्यवसायी समूह ‘इमर्जेन्सी लयर्स’का अनुसार आइतबार दिउँसो उत्तरी डार्फर राज्यको गारा अल–जाविया गाउँमा रहेको परम्परागत अदालतलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो। स्थानीय समयअनुसार दिउँसो करिब १ बजे भएको आक्रमणका बेला स्थानीय मुद्दा तथा विवादसम्बन्धी सुनुवाइमा सहभागी हुन सर्वसाधारण अदालत परिसरमा भेला भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)