फिफा निलम्बन फुकुवाका लागि नेपाली फुटबल खेलाडीको अपिल
nepalnews.com · Mon Aug 03 02:21:31 GMT 2026
काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूले नेपालमाथि लागेको फिफाको निलम्बन तत्काल फुकुवा गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले निलम्बन हटेमा नेपाललाई आगामी साफ च्याम्पियनसिपमा सहभागी गराउन सकिने बताएपछि खेलाडीहरूले सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्।
नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू र मिडफिल्डर मनीष डाँगीले साफ च्याम्पियनसिपमा नेपालको सहभागिता सुनिश्चित गर्न सरोकारवाला निकायले गम्भीर पहल गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)