पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, काठमाडौंमा प्रतिलिटर २०० रुपैयाँ
aarthiknews.com

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्य आइतबार राती १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ‘ब्रेक–इभेन पोइन्ट’मा कायम गरिएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)