महिला मृत फेला
ekantipur.com · Wed Jan 03 16:38:06 GMT 2024
खोटाङ — खोटेहाङ गाउँपालिका–३ सवाकटहरे नागीका ६६ वर्षीया क्षमा राई मृत फेला परेकी छन् । मंगलबार घरबाट हिँडेकी उनी घरदेखि करिब ५०० मिटर पश्चिमतर्फ सडकमा बुधबार बिहान मृत फेला परेकी हुन् ।
खोटेहाङ–६ इन्द्रणीपोखरी अस्पतालमा शव पोष्टमार्टम गरी मृतकका आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)