‘बालेनलाई प्रधानमन्त्री बनाउन पाँच होइन, अर्को पाँच वर्ष पनि त्याग्न तयार छु’ : रवि लामिछाने
barnanmedia.com · Mon Aug 03 02:29:24 GMT 2026

बालेनलाई आश्वस्त पार्दै रविले भने, यो मात्र हैन अर्को ५ बर्षपनि प्रधानमन्त्री त्याग्न तयार छु, कागज ल्याउनुस् हस्ताक्षर गरौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो त्यागमा कुनै स्वार्थ नभएको प्रस्टीकरण दिएका छन् । ‘बालेन शाहलाई प्रधानमन्त्री बनाउन यो ५ वर्ष मात्रै होइन, अर्को ५ वर्ष पनि त्याग गर्न तयार छु। मेरो वर्डलाई विश्वास गर्नुहुन्न भने कागज ल्याउनुस हस्ताक्षर गरौँ,’ आजको बैठकमा रविले भनेका छन् । बैठकमा विधानमा छेडखानी गरिएको भन्दै छानबिन समिति गठन गर्नुपर्ने पनि माग गरिएको थियो। त्यसको जवाफमा रविले भने, ‘विधान कुनै व्यक्ति विशेषका लागि बनाएको होइन, ५० वर्षको भिजन हेरेर बनाएको हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)