रुसको राजधानी मस्कोस्थित रेस्टुरेन्ट बाहिर घरेलु बम विष्फोट: ५ जनाको मृत्यु
lokaantar.com

रुसको राजधानी मस्कोस्थित एक रेस्टुरेन्ट नजिकै भएको बम विष्फोटमा परी कम्तीमा ३ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएका छन्। स्थानीय समयअनुसार शनिबार भएको घटनामा एक महिलाले बोकेको घरेलु बम विष्फोट भएको त्यहाँका अधिकारीहरूले जनाएको रोयटर्सको समाचारमा उल्लेख छ । युक्रेन युद्धसँग यो आक्रमण जोडिएको हुन सक्ने सामाजिक सञ्जालमा विभिन्न तर्कहरू बाहिर आए पनि यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ।
प्रहरीका अनुसार शनिबार राति करिब ८ बजे कुड्रिन्स्काया स्क्वायरमा रहेको मस्कोका सात प्रख्यात 'स्टालिन युगिन' गगनचुम्बी भवनहरूमध्ये एकभित्र रहेको एक इटालीयन रेस्टुरेन्ट नजिकै उक्त विष्फोट भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)